×

बाढी-पहिरोको वितण्डा: सुरक्षा प्रमुखहरूलाई बोलाएर प्रधानमन्त्री शाहले लिए ‘ब्रिफिङ’

images

काठमाडौँ । देशभर भइरहेको लगातारको वर्षा र त्यसपछि आएको बाढी-पहिरोको अवस्थाबारे प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखहरूसँग आपत्कालीन 'ब्रिफिङ' लिनुभएको छ।

प्रधानमन्त्री निवासमा आयोजित छलफलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरूले विपद्‌को हालको अवस्था, क्षति, र जारी उद्धार तथा राहत कार्यबारे जानकारी गराउनुभएको छ।

ब्रिफिङका क्रममा प्रधानमन्त्री शाहले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार टोली खटाउन, प्रभावित नागरिकलाई राहत सामग्री पुर्‍याउन र जोखिमयुक्त स्थानमा रहेकाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न निर्देशन दिनुभएको छ। साथै, उहाँले जुनसुकै परिस्थितिमा पनि नागरिकको धनजनको रक्षालाई प्राथमिकतामा राखेर काम गर्न सुरक्षा निकायलाई आग्रह गर्नुभएको छ।

सोमबार १५ भदौ २०८३ ०१:११ PM मा प्रकाशित

प्रतिक्रिया