×

ढल्कुमा दुई समूहको बिचमा झडप,धारिलो हतियार प्रहार गरी एक जनाको हत्या

images

काठमाडौं । काठमाडौंको ढल्कुमा भएको झडपमा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१७ पोडेटोलस्थित २ नम्बर गल्लीमा छिमेकी छिमेकीबीच विजाद भएको थियो । त्यसक्रमा धारिलो हतियार प्रहार हुँदा ३३ वर्षका अनित पुनारीको मृत्यु भएको छ । अपरान्ह ढल्कुमा स्थानीय किरण पुजारी, विक्रम पुजारी, दिनेश पुजारी, माया पुजारी र अमित पुजारी लगायत ८/१० जनाको समूहमा पुरानो रिसिबीका कारण आपसी विवाद भएको थियो ।


विवादका बीच धारिलो हतियार प्रहार हुँदा अमित पुजारी घाइते भएका थिए । उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेण्टर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

उक्त घटनामा शंकास्पद ७ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्नेमा १९ वर्षीय सुजल देउला, ३५ वर्षीय अमृत पुजारी, ३४ वर्षीय सागर देउला, ४६ वर्षका रबिन्द्र पोडे, २९ वर्षीया कलेनी पुजारी, ३५ वर्षीया टिकामाया पुजारी र २२ वर्षीया सञ्जाली पुजारी छन् ।

बुधबार १६ साउन २०८१ ०९:२८ PM मा प्रकाशित

प्रतिक्रिया