×

पार्टीको जिम्मेवारीमा फर्किए लामिछाने, भन्छन दुई तिहाईको सरकारले मलाई जिउँदै छोडेको छ यही नै मेरो जित हो

images

काठमाडौं। रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिको जिम्मेवारीमा फर्किएका छन्।

रास्वपाको केन्द्रीय समितिको आजको पहिलो बैठकले लामिछानेलाई सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो। उक्त बैठकमा कार्यवाहक सभापति अर्यालले धन्यवाद ज्ञापन गरे।

त्यसपछि सभापति लामिछानेको सभापतित्वमा आजै दोस्रो बैठक बसेको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। उक्त बैठकमा पार्टी र सदनको गतिविधिबारे सदस्यबाट संक्षिप्त रिपोर्टिङ गरिने बताइएको छ। सोही बैठकमा ‘लिडरसिप एकेडेमी’को ‘फ्लो चार्ट’, जन यात्रा कार्यक्रम, अधिवेशन÷महाधिवेशन कार्यतालिका, पार्टीको राजनीतिक प्रतिवेदनमा आधारित देशव्यापी जागरण र बहस गर्ने विषयमा छलफल हुने जनाइएको छ।

सहकारी ठगीलगायत चार कसुरमा आफूविरुद्ध अदालतमा मुद्दा दायर भएपछि लामिछाने सभापति पदबाट अलग भएका थिए। त्यसयता डोलप्रसाद अर्यालले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेका थिए।

साे अवसरमा लामिछानेले विशेष बैठकमा सम्बोधनगर्दै उनले लोकतन्त्र, गणतन्त्रको आडमा लुटतन्त्र मच्चाईरहेको भन्दै त्यसको खबरदारी गर्न शरिरमा एक थोपा रगत भएसम्म पछि नहट्ने बताए।

उनले भने,‘सरकारले सक्नेजति जोड बल लगाएको छ। केही नभएको भए त्यत्रो धरौटी लिन्थ्यो अदालतले भन्छन्। तीमिहरुको दुई तिहाईको सरकारले मलाई जिउँदै छोडेको छ यही नै मेरो जित हो। शरिरमा एक थोपा रगत हुनजेलसम्म यो लुटतन्त्रको विरोधमा उभिने छु। चाहे जतिसुकै मुद्दा लगाउनु छ लगाऊ,ज्यानमार्नु छ मार,मैले व्यक्तिगत जीवनको लागि कहिल्यै केही मागेको छैन। म राजनीतिमा हुन्नथे भने यो दु:ख खेप्नुपर्ने पनि थिएन। लोकतन्त्र, गणतन्त्रको आडमा लुटतन्त्र मच्चाईरहेकाहरुलाई खबरदारी गर्न रवि लामिछाने कहिल्यै पनि पछि हट्दैन।’

त्यस्तै, उनले सरकारको आफूमाथिको षड्यन्त्रको शिलशिला अझै नसकिएको भन्दै कुनै दिनपनिहार नमानेको र मान्नेवालापनि नरहेको जिकिर गरे। जतिसुकै आक्षेप लागेपनि जुनसुकै तराजुमा बसेर आफूलाई तौलन तयार भएर बसेको उनले बताए।

उनले भने,‘सरकारको षड्यन्त्रको यो शिलशिलाअझै सकिएको छैन,तर कुनै दिनपनि हार मानेको थिइन,कहिल्यै हार मान्नेवालापनि छैन्।जुनसुकै समस्याको पनि समाधान गर्छु भनेर राजनीतिको मैदानमा आएको मान्छे हुँ। जतिसुकै आक्षेप लागोस्। जुनसुकै तराजुमा बसेर आफूलाई तौलन म तयार भएर बसेको छु।’

सोमबार १७ चैत २०८१ ०७:३९ PM मा प्रकाशित

प्रतिक्रिया