काठमाडौं । मन्त्रिपरिषद् विस्तार अघि राष्ट्रपति रामचन्द्र पौडेलसँग, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् । राष्ट्रपति पौडेललाई भेट्न बिहान साढे ९ बजे नै शीतलनिवास पुगेका प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तारको तयारीबारे राष्ट्रपतिलाई जानकारी गराएका हुन्।
राष्ट्रपति कार्यालयले राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटलाई नियमित भेटघाटका भनेको छ । आजै दिउँसो ३ बजेसम्म नयाँ मन्त्रीहरूको शपथ गराउने तयारी भैरहेको छ । लामो समयदेखि रिक्त मन्त्रालयमा आज नयाँ मन्त्रीले शपथ लिएपछि पूर्णता हुने भएको छ । सत्ता साझेदार १० दलले मन्त्री बन्नेहरूको नाम प्रधानमन्त्रीलाई दिइसकेका छन् ।
नेपाली कांग्रेसबाट आठ मन्त्री, माओवादी केन्द्रबाट एक जना, एकीकृत समाजवादी र जसपाबाट २-२ जना, लोसपा, नागरिक उन्मुक्ति, नेसपा र आमजनता पार्टीबाट एक/एक जना मन्त्री मन्त्रीले शपथ लिने छन् । बिहीबार नै मन्त्रिपरिषद् विस्तार गर्ने बताइए पनि अन्तिममा छलफल नसकिएको भन्दै आजका लागि सारिएको थियो ।
प्रतिक्रिया