काठमाडौं । नेपाली कांग्रेसमा आवद्ध अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले पार्टी परित्यागको घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले पार्टी परित्यागको घोषणा गरेका हुन् ।
पोस्टमा उनले सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को सुरूवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुने समेत बताएका छन् ।
‘सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को सुरूवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु ।’
उनले फेसबुकमा लेखेका छन् । कांग्रेस र कम्युनिष्टमा रहेका तथा स्वतन्त्र सम्पूर्ण नेपालीको बलियो वैकल्पिक लोकतान्त्रिक शक्ति निर्माण आजको आवश्यकता हो भन्दै उनले नयाँ दलबाट राजनीति थाल्ने संकेत गरेका छन् ।
उनले लेखेका छन् ‘अब कांग्रेस–कम्युनिष्टका असल मानिसहरु, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं
विदेशमा बसेपनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ ।’
जननायक बीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल कांग्रेस अहिले अहिले दाइ–भाउजु–साला–भतिजको अक्षम गिरोहमा परिणत हुँदै गएको उनको आरोप छ ।
प्रतिक्रिया