×

आज अन्तर्राष्ट्रिय मित्रता दिवस मनाइँदै

images

काठमाडौँ । आज अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभर मनाइँदै छ । संयुक्त राष्ट्र संघले ३० जुलाईलाई अन्तर्राष्ट्रिय मित्रता दिवसको रूपमा आधिकारिक रूपमा मान्यता दिएको थियो ।

अधिकांस देशहरुले अगस्टको पहिलो आइतबार यो दिवस मनाउने गर्दछन् । मित्रता दिवस अर्थात् फ्रेन्डशिप डे हलमार्क कार्डसका संस्थापक जोयस हलले शुरू गरेका हुन् । उनले नै पहिलो पटक सन् १९३० को अगस्ट २ मा फ्रेन्डशिप डे मनाउने आइडिया निकालेका थिए, तर ग्रीटिङ कार्डस इन्डष्ट्रीले व्यापारिक फाइदाका लागि यो अवधारणा ल्याएको भनेर आलोचना पनि गरिएको थियो ।

सन् १९५८ को ३० जुलाईमा पराग्वेमा संसारको पहिलोपटक डा. रामोन आर्टेमियो ब्राचोले  मित्रता दिवस मनाएका थिए । वर्ल्ड फ्रेन्डशिप क्रुसेड नामक संस्थाले त्यही मितिमा फ्रेन्डशिप डे मनाउने प्रस्ताव गरेको थियो । त्यसपछि संयुक्त राष्ट्रसंघको महासभाले सन् २०११ मा ३० जुलाईलाई फ्रेन्डशिप डेका रूपमा मनाइने घोषणा गरेको थियो । त्यसपछि फ्रेन्डशिप डे अर्थात मित्रता दिवसलाई आधिकारिक मान्यता दिइयो ।

 

बुधबार १५ साउन २०८२ ०९:४० AM मा प्रकाशित

प्रतिक्रिया