×

अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

images

काठमाडौँ । मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ । 

बुधबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पीताम्बर शर्माले अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेका हुन् । 

जबरजस्ती करणी मुद्दामा अनुसन्धान गर्न प्रहरीले उनलाई साउन ४ मा पक्राउ गरेको थियो । 

पीडित युवतीले आफूलाई ४ जेठ २०८१ मा काठमाडौँको नयाँ बानेश्वरस्थित कोठामा अहिराजले बलात्कार गरेको आरोप लगाएर मुद्धा दर्ता गरेकी थिइन् । अहिराजविरूद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा २ को कसुर गरेको भन्दै खण्ड (ङ) बमोजिमको सजाय मागदाबी गरिएको थियो । 

यस व्यवस्था अनुसार १८ वर्ष वा सोभन्दा माथिको उमेरकी महिलालाई बलात्कारको आरोप पुष्टि भएमा ७ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको छ ।

 

बुधबार १५ साउन २०८२ ०८:०० PM मा प्रकाशित

प्रतिक्रिया