काठमाडौँ । अमेरिकाको हवाईमा सुनामी आउने चेतावनी पछि घर छोडेकाहरुलाई घर फर्किन सक्ने सुझाव दिइएको छ । प्यासिफिक सुनामी चेतावनी केन्द्रले सुनामीको स्तरमा डाउनग्रेड गरिएको बताउदै घर फर्किन सक्ने सल्लाह दिएको सिएनएनले उल्लेख गरेको छ ।
केन्द्रले ठूलो सुनामी आउने अपेक्षा नगरिएको बताउदै घर छोडेकाहरु फर्कन सक्ने बताएको छ । केन्द्रले केही क्षेत्रहरूमा बाढीको अवस्था हेरेर गाडी चलाउन र सुरक्षित रहन सल्लाह दिएको छ ।
बुधबार बिहान रूसको दुर्गम सुदूर पूर्वी तटमा गएको ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प अहिलेसम्मकै छैटौं सबैभन्दा शक्तिशाली भूकम्प रहेको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । यो भूकम्पपछि रुस, जापान, अमेरिकालगायतका तटीय क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ ।
प्रतिक्रिया