×

रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

images

काठमाडौँ । रूसको सखालिन क्षेत्रले उत्तरी कुरिल टापुहरू र सेभेरो-कुरिलस्क जिल्लामा आपतकालीन अवस्था घोषणा गरेको छ ।

कुरिल टापुका मेयर अलेक्ज्याण्डर ओभ्स्यानिकोभले सो क्षेत्रबाट सबैलाई सुरक्षित स्थानमा लागिएको र सो क्षेत्र खाली गरिएको बताएका छन् ।  उनले पर्याप्त समय रहेकाले सबैलाई बाहिर निकालिएको र सबै मानिसहरू सुनामीभन्दा टाढा सुरक्षा क्षेत्रमा रहेको बताएका छन् ।

यसैबीच, सेभेरो-कुरिलस्कको बन्दरगाह शहरमा सुनामी छालहरू डुबेको छ ।

बुधबार बिहान रूसको दुर्गम सुदूर पूर्वी तटमा गएको ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प अहिलेसम्मकै छैटौं सबैभन्दा शक्तिशाली भूकम्प रहेको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । यो भूकम्पपछि रुस, जापान, अमेरिकालगायतका तटीय क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ ।

 

बुधबार १५ साउन २०८२ ०१:५५ PM मा प्रकाशित

प्रतिक्रिया