×

माओवादी केन्द्रको पदाधिकारी बैठक शुरु

images

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी बैठक पार्टी  केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ । यस बैठकमा आगामी शनिबारदेखि सुरू हुने स्थायी कमिटी बैठकका एजेण्डाबारे छलफल हुने बताइएको छ ।

माओवादी केन्द्रमा उपमहासचिव जनार्दन शर्माले सार्बजनिक रुपमा दिएका अभिव्यक्तिपछि पार्टीमा देखिएको अन्तरद्वन्दको विषयमा समेत छलफल हुने बुझिएको छ । साथै माओवादी केन्द्रले पोखरामा पुगेर स्थगित भएको मध्यपहाडी लोकमार्ग विशेष अभियानलाई फेरी सुचारु गर्ने विषयमा समेत छलफल हुने बताइएको छ ।

 

Single Image

Single Image

Single Image

बुधबार १५ साउन २०८२ ०४:०३ PM मा प्रकाशित

प्रतिक्रिया