काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलाको १४ सयले बढेर तोलाको एक लाख ९४ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको एक लाख ९३ हजारमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले बढेर २३१० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको २३०० मा कारोबार भएको थियो ।
प्रतिक्रिया