×

म मरेपछि मेरो शालिक बनाउनु पर्दैन् : अध्यक्ष ओली

images

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू मरेपछि आफ्नो शालिक र मूर्ति बनाउनु नपर्ने बताएका छन्।

मङ्गलबार अखिल नेपाल महिला संघको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफू मरेपछि आफ्नो शालिक र मूर्ति बनाउनु नपर्ने बताएका हुन्।

उनले भने, ‘म मरेपछि मलाई सम्झिनु पर्दैन्, मेरो शालिक बनाउनु पर्दैन्, मैले थाहा पाउने भए पो हो भन्नलाई किन सम्झिने, किन समय खेर फाल्ने, मूर्ति बनाउनु पर्दैन्, शालिक बनाउनु पर्दैन, स्मृति दिवस मनाएर खर्च गर्नु पर्दैन। मेरो त धारणा त्यो हो।’

प्रशिक्षणमा उनले आफ्नो पार्टीले नै संसद्मा महिलाको ३३ प्रतिशत सहभागिता गराउने ऐतिहासिक निर्णय गरेको दाबी गरे।

राष्ट्रपति र उपराष्ट्रपतिमा पनि एक जना महिला हुनुपर्ने बताउँदै अध्यक्ष ओलीले यसपटक महिलालाई अवसर नदिएको तर्क गरे।

उनले स्थानीय तहमा पनि गठबन्धनले साझा उम्मेदवार उठाउँदा दुई वटै पुरुष उठाएर महिला अधिकारमा हनन भएको टिप्पणी गरे। समाजमा महिला र पुरुषमा समान अधिकार र समान हैसियत प्रदान गर्नुपर्ने धारणा उनको छ।

मङ्गलबार १६ जेठ २०८० ०८:४१ PM मा प्रकाशित

प्रतिक्रिया