×

अमेरिकी राष्ट्रपति ट्रम्पका दक्षिण तथा मध्य एसियाका विशेष दूत गोर आज नेपाल आउँदै

images

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका विशेष दूत सर्जियो गोर तीन दिने भ्रमणका लागि आज (बिहीबार) काठमाडौँ आउँदै छन् । अमेरिकी सहायक विदेशमन्त्री एस पावल कपुर तीन दिने भ्रमण सकाएर फर्किए लगत्तै गोर नेपाल आउन लागेका हुन् ।

भ्रमणका क्रममा उनले अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री वालेन्द्र शाहसँग भने भेटघाटका लागि अहिलेसम्म कुनै कार्यतालिका नबनेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यो भ्रमण लगानी र आर्थिक सहकार्यमा केन्द्रित हुने बताइएको छ। गोरले नेपाल आउनुअघि बङ्गलादेश, भुटान, श्रीलंका, काजकिस्तान र ताजिकिस्तान जस्ता देशहरूको भ्रमण गरिसकेका छन् ।

 राष्ट्रपति ट्रम्पको सचिवालयमा काम गरिसकेका सर्जियोको भ्रमण एउटा राजदूतको रूपमा मात्र नभई ट्रम्पको दूतको रूपमा भइहरेको जानकारहरू बताउँछन् ।

बिहीबार १७ बैशाख २०८३ १०:४९ AM मा प्रकाशित

प्रतिक्रिया