×

रेशम चौधरीलाई पक्राउ गर्न पत्र काट्ने सर्वोच्चका कर्मचारी पक्राउ

images

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पत्र लेख्ने सर्वोच्च अदालतका अधिकृत महिमानसिंह बिष्ट आफैं पक्राउ परेका छन् । स्रोतका अनुसार उनलाई पक्राउ गरेर जिल्ला प्रहरी परिसरमा राखिएको छ ।

सर्वोच्चका अधिकृत बिष्टले प्रहरीलाई पत्र लेख्दै  चौधरीलाई पक्राउ गर्न पठाएका थिए । उनले लेखेको पत्र अनाधिकृत भएको भन्दै उनलाई हिरासतमा लिइएको बताइएको छ । उनले लेखेको पत्रकै आधारमा प्रहरीले चौधरीलाई पक्राउ गरेर डिल्लिबजार कारागार चलान गरेको थियो |

बुधबार १७ बैशाख २०८२ ०५:०२ PM मा प्रकाशित

प्रतिक्रिया