×

दुर्गा प्रसाईंका थप तीन सहयोगी पक्राउ, प्रसाईं फरार

images

काठमाडौं । राजा फर्काउने आन्दोलनका कमाण्डर बनेका दूर्गा प्रसाईं फरार भए पनि उनका समूहका तीन जना आइतबार साँझ पक्राउ परेका छन।

प्रसाईंले गठन गरेका सुरक्षा दस्ताका सहसंयोजक र महासचिवसहित तीन जना आइतबार साँझ पक्राउ परेका हुन्। आइतबार बेलुका प्रहरीको विशेष टोलीले काठमाडौंको तिलगंगाबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पीडीएफ सहसंयोजक गोपाल बोहरा, महासचिव दानवीर न्यौपाने र एटीएफका केन्द्रीय सदस्य अनिल थापा छन्।

यसअघि १११ जना पक्राउ परेका थिए। उनीहरूमध्ये ४१ जनालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

शनिबार एटीएफका संयोजक मुनिन्द्र राजभण्डारीलाई बालाजुबाट पक्राउ गरिएको थियो। प्रसाईं भने अहिलेसम्म फरार रहेका छन्। उनी शुक्रबारदेखि फरार रहेका छन्।

आइतबार​ १६ चैत २०८१ ०९:३१ PM मा प्रकाशित

प्रतिक्रिया