×

राप्रपा नेताद्वय राणा र मिश्र लगायतलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतदियो अनुमति

images

काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शमशेर जबरासहित तीनकुने घटनामा जोडिएका व्यक्तिहरुलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । न्यायाधीश तारादेवी महर्जनको इजलासले राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्न ११ जनालाई पाँच दिनको म्याद थप गरेको हो ।

अदालतले आपराधिक उपद्रवसम्बन्धी कसुरमा अन्य ३० जनालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । गत शुक्रबार राजवादी समूहले तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा एक जना पत्रकारसहित २ जनाको मृत्यु भएको थियो । उक्त आन्दोलनमा प्रदर्शनकारीहरुले व्यक्तिका घर, व्यवसायिक भवन, सरकारी भवनलगायतमा तोडफोड, आगजनी र लुटपाटसमेत गरेका थिए ।

आइतबार​ १६ चैत २०८१ ०९:२५ PM मा प्रकाशित

प्रतिक्रिया