×

नबिल बैंकको सिनियर डिसिओमा बढुवा भए ज्ञवाली

images

काठमाडौं। बैंकर मनोज ज्ञवालीले नबिल बैंकको सिनियर डिसिओमा बढुवा भएका छन् । २०७७ जेठमा नबिल बैंकको नायब महाप्रबन्धक डीजीए नियुक्त भएका ज्ञवाली महाप्रबन्धक डीजीएम डेपुटी सीईओ हुँदै सिनियर डिसिओमा बढुवा भएका हुन् । गत बिहिबार बसेको सन्चालक समितिको बैठकले ज्ञवालीलाई सिनियर डीसीओमा बढुवा गरेको हो । 

ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट राजिनामा दिएर २०७७ जेठमा उनी नबिल बैंकको डीजीएममा नियुक्त भएका थिए। 

ज्ञवालीसँगै बैंकमा अब दुई जना सिनियर डिसिओ भएका छन्। यसअघि नै सुजितकुमार शाक्यले नबिल बैंकका सिनियरडिसिओको रूपमा काम गर्दै आएका थिए। २०७७ साल साउन २१ गते नबिल बैंकमा जागिर शुरू गरेका उनले शुरूवातमा चिफ फाइनान्स अफिसरको जिम्मेवारी पाएका थिए। नायब महाप्रबन्धक पदमा नियुक्त भएको करिब १४ महिना पछि २०७८ कात्तिक १ गतेदेखि उनी नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा भएका थिए ।

चार्टर्ड अकाउण्टेण्ट ज्ञवाली नेपालको बैंकिङ, वित्तीय तथा आर्थिक नीतिको सम्बन्धमा सार्वजनिकरूपमा नै स्पष्ट दृष्टीकोण व्यक्त गर्न रूची राख्छन् । उनीसँग बैंकहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक  ,ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल र ज्योति विकास बैंक सहित पुँजीबजार तथा बैंकिङ क्षेत्रमा २ दशक लामो अनुभव रहेको छ। 

आइतबार​ १४ पुस २०८१ ०८:३७ PM मा प्रकाशित

प्रतिक्रिया