दोलखा — रामेछापमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ३ जना घाइते भएका छन् । काठमाडौंबाट गोकुलगंगा गाउँपालिका-३ रस्नालु जाँदै गरेको त्रिवेणी यातायातको ना १ ज ७१२३ नम्बरको जिप फर्पुमा दुर्घटना वडाध्यक्षसहित ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएसपी प्रदीपकुमार सिंहले जानकारी दिए ।
मृत्यु हुनेमा गोकुलगंगा-४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको सनाखत भएको प्रहरीले जनाएको छ । यस्तै प्रहरीका अनुसार दुर्घटनामा परि मृत्यु हुनेमा जिप चालक हिराबहादुर कार्की रहेको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा आमाछोरीले पनि ज्यान गुमाएका छन् । गोकुलगंगा गाउँपालिका–५ का ३० वर्षीया कविता कार्की र उनकी सात वर्षीया छोरी स्वस्तिका खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । जिप सडकबाट धेरै तल खसेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया