×

राष्ट्रपति पौडेल र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच शिष्टाचार भेट

images

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रपति भवनमा आज अपराह्न शिष्टाचार भेट गरेका छन् । 

त्यस अवसरमा राष्ट्रपति पौडेलले लामो समयदेखि नेपालको विकास साझेदारका रुपमा  रहेको संयुक्त राष्ट्रसंघलाई नेपालले उच्च प्राथमिकतामा राखेको बताउँदै उक्त विश्व संस्था र त्यस अन्तर्गतका विशिष्टीकृत निकाय, कोष तथा कार्यक्रमले नेपालको सामाजिक, आर्थिक विकास एवम् दिगो विकास लक्ष्य प्राप्तिमा निरन्तर गरेको सहयोगप्रति कृतज्ञता ज्ञापन गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।  

आइतबार​ १२ कात्तिक २०८० ०६:३१ PM मा प्रकाशित

प्रतिक्रिया