काठमाडौं । नेपाली बजारमा सुनको मुल्य आजपनि घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलाको ७ सयले घटेर तोलाको २ लाख ३६ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ३७ हजारमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४५ रुपैयाँले बढेर २९६५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको २९२० मा कारोबार भएको थियो ।
प्रतिक्रिया