काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्ताहरु रिहा भएका छन् । मंगलबार काठमाडौंको बालुवाटारमा प्रदर्शनका क्रममा पक्राउ परेका चार दर्जन नेता तथा कार्यकर्ता रिहा भएका हुन् ।
पक्राउ पर्नेमा ५१ जनामध्ये एक जना महिला र बाँकी सबै पुरुष रहेको उनले बताए । रास्वपाले मंगलबार लामिछाने पक्राउको विरोधमा बालुवाटार केन्द्रित प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा रास्वपाका नेता कार्यकर्ताले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले पक्राउ गरेको थियो ।
पार्टी सभापति रवि लामिछानेलाई सहकारी ठगीमा पक्राउ गरिएको विरोधमा मंगलबार दिउँसो बालुवाटारको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । आजको प्रदर्शन सकिए लगत्तै रिहा गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया