×

सुन तस्करीमा निष्पक्ष छानबिन हुन्थ्यो भने माओवादी हेडक्वार्टरमा कोही बाँकी रहँदैन थिए: सांसद गिरी

images

काठमाडौं ।  नेकपा (एमाले) का सांसद पदम गिरीले पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारले सही ढंगबाट सुन तस्करी छानबिन गरेको भए माओवादीका शीर्ष नेताहरू कोही बाँकी नरहने बताएका छन्।

बिहीबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले सुन तस्करीमा  ‘प्रचण्ड’को नेतृत्वको सरकारले इतिहास रचेको भन्दै सो कुरा बताएका हुन् । ‘पारदर्शी ढङ्गबाट छानबिन भएको भए सायद तपाइको पार्टीको हेडक्वाटरमा कोही बाँकी रहँदैन थिए । सबै जेलको छिडिमा हुन्थे‚’ उनले भने । 

गिरीले पूर्वप्रधानमन्त्री प्रचण्डले सुशासन‚ भ्रष्टाचार विरोधी गफ दिन नमिल्ने बताए । ‘बिना कारण सुनिल शर्मा जस्ता सांसद पक्रने अस्पतालका डाक्टर पक्रने काम गरेको हैन‚’ उनले भने । 

‘माओवादी केन्द्रतिर फर्किएर कुनै प्रश्न गर्न म आएको होइन। हिजोको सरकारतिर फर्किएर प्रश्न गर्न मन थिएन। तर पूर्वप्रधानमन्त्रीले जुन प्रश्नहरु संसदमै तेर्साउनु भयो त्यसलाई हामीले टुलुटुलु हेरेर बस्न सक्दैनौँ,’  उनले भने, ‘म सुशासनको पक्षमा छु।

म ट्रंक लाइन र डेडिकेटेड लाइनमा राज्यले लिनुपर्ने २२ अर्ब वक्यौता उठाउने पक्षमा थिएँ। अहिलेको सरकारले त्यो उठाउन दिएन भन्ने प्रकारले हिलो छ्याप्ने कोशिस गर्नुभयो। म उहाँलाई प्रश्न सोध्न चाहन्छु, तपाईंहरूले ऊर्जा मन्त्रालय सम्हालेको पछिल्लो ८ वर्ष भयो। निरन्तर ८ वर्ष ऊर्जा मन्त्रालयको नेतृत्व गरिरहँदा किन आजसम्म वक्यौता उठाउन चाहनु भएन?’

 

बिहीबार १३ भदौ २०८१ ०८:४३ PM मा प्रकाशित

प्रतिक्रिया