×

बागमतीका खानेपानीमन्त्री खड्काले पनि दिए राजीनामा

images

हेटौडा । बागमती प्रदेशका खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले राजीनमा दिएका छन् । खड्काले मंगलबार मुख्यमन्त्री बहादुरसिंह लामा तामाङसमक्ष राजीनामा बुझाएका हुन् । यस अघि बागमती सरकारमा रहेका चार मन्त्रीले राजीनामा दिएपछि मुख्यमन्त्री लामाले उनीहरुको राजीनामा स्वीकृत नगरी बर्खास्त गरेका थिए । 

बागमती प्रदेशमा कांग्रेसका ३७ प्रदेश सांसदमध्ये सुरुमा २१ जनाले अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गरेर दर्ता गरेपछि मुख्यमन्त्री लामाको संकट बढेको छ ।

कांग्रेसले बागमतीमा देखिएको विवाद मिलाउन नेता राजेन्द्र केसीलाई तोकेको छ । यसअघि सोमबार बसेको संसदीय दल र प्रदेश समितिको बैठकमा सहमति हुन नसकेपछि अब संसदीय दलमा दर्ता भएको अविश्वास प्रस्तावमा मतदान हुने सम्भावना बढेको छ ।

कूल ११० सदस्यीय बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३७ सांसद रहेका छन् । संसदीय दलका बहुमतको लागि १९ सांसदको समर्थन आवश्यक पर्छ । 

 

Single Image

मङ्गलबार १४ साउन २०८२ १२:०२ PM मा प्रकाशित

प्रतिक्रिया