हेटौडा । बहादुरसिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा नदिने बताएका छन् । संसदीय दलमा दर्ता भएको लामाविरुद्धको अविश्वास प्रस्ताव पारित भएपछि प्रतिक्रिया दिदै मुख्यमन्त्री नछोड्ने बताएका छन् ।
हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्धको अविश्वास प्रस्ताव पारित भएको छ । मंगलबार भएको मतदानमा मुख्यमन्त्री लामाको पक्षमा १५ जनाले...
बागमतीका मुख्यमन्त्री लामाविरुद्धको अविश्वास प्रस्ताव पारित
लामाले मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्ने कारण नै नभएको बताउदै गठबन्धन सरकारमा संसदीय दलको हट्दैमा मुख्यमन्त्री छोड्नु नपर्ने बताएका छन् । उनले भने- 'दलको नेता खाली भयो, मुख्यमन्त्री त फेर्न सक्दैन, कानुन अनुसार हुनुपर्छ, मुख्यमन्त्री बन्न दलको नेता हुन आवश्यक छैन । राजीनामा गर्नुपर्ने अवस्था नै छैन । संबिधानमा बहुमतको सरकार हुदा संसदीय दलको नेता हुनु आवश्यक छ तर गठबन्धन सरकारमा दलको नेता हुन आवश्यक छैन ।'
लामाले पूर्ण बहुमतको सरकारको लागि मात्रै संसदीय दलको नेता हुन अनिवार्य भएको भन्दै संबैधानिक व्यवस्था अनुसार नै गठबन्धनको सरकार हुदा मुख्यमन्त्री संसदीय दलको नेता हुन अनिवार्य नभएको जिकिर गरे । उनले आफ्नै दलबाट नेताहरुले र मन्त्रीहरुले जाल बुनेर आफुलाई हतौं खोजेको आरोप समेत लगाएका छन् ।
आज भएको कांग्रेस संसदीय दलको मतदानमा अविश्वास प्रस्तावको पक्षमा २२ र विपक्षमा १५ मत परेको थियो ।
प्रतिक्रिया