×

सङ्क्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठक सिंहदरबारमा जारी

images

काठमाडौँ । सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति जुटाउन तीन सदस्यीय कार्यदलको बैठक बसिरहेको छ । सिंहदरबारस्थित गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा कार्यदलको बैठक बसेको हो । यस अघि शुक्रबार बसेको कार्यदलको बैठकले संक्रमणकालीन न्याय सम्बन्धि विधेयकमाथि रहेका असहमतिमा सैद्दान्तिक सहमति भएको बताइएको छ ।

 सशस्त्र द्वन्द्वकालमा भएका मानवअधिकारको गम्भीर उल्लङ्घनका घटनामा संलग्नहरूलाई प्रचलित कानुनमा भएभन्दा ७५ प्रतिशतसम्म कम सजाय गर्न सक्ने व्यवस्था गर्न प्रमुख तीन दल सहमत भए पनि बाँकी विषयमा सहमति जुट्न बाँकी नै छ । ती विषयमा सहमति खोजेर कार्यदलले शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाउने तयारी छ ।

कार्यदलमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्यसचेतक बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव शर्मा सहभागी रहेका छन् । त्यसका साथै आजको बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया, संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदी र महान्यायाधिवक्ता रमेश बडाल लगायतको सहभागिता छ।

संक्रमणकालीन न्याय सम्बन्धि विधेयकमाथि सैद्धान्तिक सहमति जुटाएको र सरोकारवालासँग छलफल गरेपाची आज अन्तिम रुप दिन बैठक बस्न लागेको बताइएको छ । 

सोमबार १४ साउन २०८१ ०९:४५ AM मा प्रकाशित

प्रतिक्रिया