×

फेरिए माओवादी र एकीकृत समाजवादी पृष्ठभूमिका प्रदेश प्रमुख

images

काठमाडौं । सरकारले तीन प्रदेशका प्रदेश प्रमुख हेरफेर गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरेको हो ।

बाग्मतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशी सिफारिस भएका छन्। उनीहरूको नियुक्ति राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ।

यसअघि बाग्मतीमा यादव शर्मा, लुम्बिनीमा अमिक शेरचन र कर्णालीमा तिलक परियार प्रदेश प्रमुख थिए। माओवादी र एकीकृत समाजवादी पृष्ठभूमिका प्रदेश प्रमुखलाई हटाएर एमाले र कांग्रेस पृष्ठभूमिका सिफारिस भएका हुन्।

सोमबार १४ साउन २०८१ ०८:५८ PM मा प्रकाशित

प्रतिक्रिया