×

पाल्पा भैरवस्थान मन्दिरका मुख्यपुजारी जितनाथ योगीले महिला दर्शनार्थीमाथि अभद्र व्यवहार गरेपछि निलम्बन

images

काठमाडौं ।  पाल्पा भैरवस्थान  मन्दिरका मुख्य  पुजारी जितनाथ योगीलाई निलम्बन गरिएको छ । मूल पुजारी योगीले महिला दर्शनार्थीमाथि यौनजन्य तथा अभद्र व्यवहार गरेपछि जिम्मेवारीबाट निलम्बन गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

समितिले प्रेसविज्ञप्ति जारी गर्दै पुजारीबाट भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पुजारी योगीले दर्शनका लागी आउने महिला दर्शनार्थीमाथि पटक-पटक अभद्र व्यवहार गर्ने गरेको घटना विभिन्न सामाजिक सन्जाल तथा मिडियामा सार्वजनिक भएको थियो । पुजारीको दुव्र्यवहार सत्य, तथ्य छानबिन नहुँदासम्म उनलाई सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ ।

बिहीबार १४ असार २०८० ०३:१५ PM मा प्रकाशित

प्रतिक्रिया