×

एकीकृत समाजवादीबाट बेदुराम र प्रकाश ज्वाला मन्त्री बन्दै

images

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीबाट दुईजना मन्त्रीको टुंगो लागेको छ । उपाध्यक्ष बेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वाला मन्त्री बन्ने निश्चित भएको एकीकृत समाजवादीका एक पदाधिकारीले जानकारी दिए।

बुधबार बसेको पार्टी सचिवालयको आकस्मिक बैठले भुसाल र ज्वालाको नाम मन्त्रीका रुपमा सिफारिस गर्ने निर्णय लिएको हो। बुधवार बसेको सचिवालय बैठकपछि पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले तीन मन्त्रालय नपाएसम्म मन्त्रीको नाम नदिने निर्णय भएको बताएका थिए । प्रधानमन्त्री प्रचण्डले आज साँझसम्म पार्टीबाट मन्त्री हुने एक जनाको नाम दिन आग्रह गरेपछि एकीकृत समाजवादीले बुधवार आकस्मिक बैठक बोलाएको थियो ।

एकीकृत समाजवादीका एक पदाधिकारीका अनुसार एकीकृत समाजवादीबाट पहिलो चरणमा भुसाल मन्त्री बन्नेछन् । उनले शिक्षा, कृषि वा श्रम मन्त्रालयमध्ये एक पाउने बताइएको छ ।  

एकीकृत समाजवादीले तीन मन्त्रालयको दाबी गरेको छ। तर, सरकारलाई समर्थन गर्ने सबै दललाई सहभागी गराउनुपर्ने भएकोले तीन मन्त्रालय पाउने सम्भावना कम रहेको छ। सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। मन्त्रिपरिषद् विस्तार बिहीबार हुने छ।

गठबन्धनबीच मन्त्रालयको भागवण्डा टुंगो लागिसकेको छ। तर, दलभित्र आन्तरिक रुपमा मन्त्री को पठाउने सहमति जुट्न नसक्दा रोकिएको हो। समाजवादीले गठबन्धन सरकारमा उपप्रधानमन्त्रीसहित तीनवटा मन्त्रालय दाबी गरेको थियो। तर उसले गठबन्धन सरकारमा अब  एउटा राज्यमन्त्री पाउने सम्भावना बलियो छ।

बुधबार १५ चैत २०७९ ०५:५१ PM मा प्रकाशित

प्रतिक्रिया