×

गणतान्त्रिक सरकारलाई राप्रपा अध्यक्ष लिङ्देनको प्रश्न --राजावादी हुने छुट कुनै नागरिकलाई छैन ?

images


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई गणतन्त्रमा राजावादी हुने छुट कुनै नागरिकलाई छैन ? भन्दै प्रश्न उठाएका छन्  ।

बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले मिटर ब्याज पीडित नागरिकको आन्दोलनमा ऐक्यबद्धता जनाउन गएका पार्टीका नेता ज्ञानेन्द्र शाहीविरुद्ध

सत्ता पक्षीय दलका कार्यकर्ताले नाराबाजी गरेर दुर्व्यवहार गरेको आरोप लगाउँदै उनले सरकारलाई मुठभेडतर्फ जान खोजेको हो ? भन्दै प्रश्न गरे । 

उनले भने ‘मिटर ब्याजीहरुबाट पीडित नागरिकहरू १३ दीन पैदल हिँडेर काठमाडौं आइपुगेपछि एउटा जिम्मेवार राजनीतिक दलको जिम्मेवार नेता पीडितहरूसँग

ऐक्यबद्धता व्यक्त गर्न जाँदाखेरि सत्तापक्ष कार्यकर्ताबाट हाम्रो प्रमुख सचेतकमाथि जुन प्रकारको दुर्व्यवहार गर्ने प्रयास गरियो म त्यसको म घोर भर्त्सना गर्न चाहन्छु । म

सरकारसँग प्रश्न गर्न चाहन्छु, के सरकार मुठभेडतर्फ जान खोजेको हो ? के यो गणतन्त्रमा राजावादी हुने छुट कुनै नागरिकलाई छैन म प्रश्न गर्न चाहन्छु  ? ’

उनले मिटर ब्याज पीडितहरूलाई न्याय दिने र कुनै किसिमको समस्या ढाकछोप र अलमल्याउने काम नगर्न पनि आग्रह गरेका छन् ।

अध्यक्ष लिङ्देनले कोशी प्रदेश नामकरणको केही पक्षबाट असहमति आइरहेको कुरालाई सरकारले अनदेखा गरी गम्भीरतापूर्वक नलिँदा मान्छेको ज्यान जाने, घाइते हुने

क्रम बढेको भन्दै ध्यानाकर्षण गराए । 
 

बुधबार १५ चैत २०७९ ०२:५७ PM मा प्रकाशित

प्रतिक्रिया