काठमाडौं । काठमाडौंको मुलपानीबाट प्रहरीले गोली चलाएर १० लुटेरालाई पक्राउ गरेको छ । लुटपाटमा संलग्नहरुलाई गएराति नियन्त्रणमा लिने क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गोली चलाएको हो ।
रातिको समयमा विभिन्न व्यक्तिहरुलाई पछ्याएर गहना, नगद लगायतका सामान लुटपाट भएको घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली गएराति परिचालित भएको थियो । गोली लागेर लुटेरा समूहका एकजना नाइके घाइते भएका छन् ।
ती व्यक्तिको खुट्टामा गोली लागेको छ। घाइते व्यक्तिको उपचार ट्रमा सेन्टरमा भइरहेको छ। लुटेरालाई नियन्त्रणमा लिन खोज्दा सुरक्षाकर्मीमाथि आक्रमण प्रयास भएपछि गोली चलाएर नियन्त्रणमा लिइएको प्रहरी बताएको छ।
प्रतिक्रिया