×

यस्तो छ आजको विदेशी मुद्राको विनियम दर

images

काठमाडौं।  नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको नयाँ दररेट अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा तोकिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ३० पैसा र बिक्रीदर १७४ रुपैयाँ ९८ पैसा कायम हुँदा युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ७८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ।

स्वीस फ्र्यांक एकको खरिददर १८४ रुपैयाँ ६८ पैसा र बिक्रीदर १८५ रुपैयाँ ४१ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ८९ पैसा तोकिएको छ।

अन्य देशका मुद्रातर्फ क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ १८ पैसा र बिक्रीदर १०८ रुपैयाँ ६१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १२० रुपैयाँ २३ पैसा तथा जापानी येन १० को खरिददर नौ रुपैयाँ ७३ पैसा र बिक्रीदर नौ रुपैयाँ ७७ पैसा कायम गरिएको छ।

त्यसैगरी, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७९ पैसा र बिक्रीदर २२ रुपैयाँ ८८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७५ पैसा र बिक्रीदर ४० रुपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ०१ पैसा र बिक्रीदर ४२ रुपैयाँ १८ पैसा निर्धारण भएको छ।

थाई भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७० पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ३० पैसा र बिक्रीदर ११ रुपैयाँ ३४ पैसा रहेको छ।

यसैगरी स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ४३ पैसा र बिक्रीदर १५ रुपैयाँ ४९ पैसा, डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ३१ पैसा र बिक्रीदर २३ रुपैयाँ ४१ पैसा एवं हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९ रुपैयाँ ५८ पैसा कायम गरिएको छ।

गल्फ क्षेत्रका अन्य प्रमुख मुद्राहरूमा कुवेती दिनार एकको खरिददर ४९७ रुपैयाँ २७ पैसा र बिक्रीदर ४९९ रुपैयाँ २२ पैसा, बहराइन दिनार एकको खरिददर ४०५ रुपैयाँ ८९ पैसा र बिक्रीदर ४०७ रुपैयाँ ४८ पैसा तथा ओमानको ओमनी रियाल एकको खरिददर ३९७ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ९८ पैसा तोकिएको छ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत् रहेको छ। राष्ट्र बैंकले तोकिएको विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।

यद्यपि, वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने केही फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुने जानकारी दिइएको छ।

सोमबार १२ असोज २०८३ १०:३३ AM मा प्रकाशित

प्रतिक्रिया