×

आशिका तामाङलाई पाँच दिनको जेल सजाय

images

काठमाडौँ ।  आशिका तामाङलाई जिल्ला अदालत भक्तपुरले पाँच दिन जेल सजाय सुनाएको छ । विहिबार न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले तामाङसहित दुई जनालाई आपराधिक उपद्रव मुद्दामा पाँच पाँच दिनको जेल सजाय र जरिवानाको फैसला सुनाएको हो । आशिकासँगै अर्का प्रतिवादी शरण तिरूवालाई पनि आपराधिक उपद्रवमा दोषी ठहर गरेको हो ।

अदाललते तामाङ र शरण तिरूवालाई पाँच-पाँच दिन कैद सजायका अलावा ५ सय रुपैयाँ जरिवाना, दामासाहीले ८ हजार ३ सय रुपैयाँ पीडितलाई क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिकाले साँगामा बनाएको झोलुङ्गे पुलमा रकम उठाएको विषयमा आशिकालगायतले अवरोध पुर्‍याएको, स्थानीय पालिकाले राखेको सूचना च्यातेको आरोपमा प्रहरीमा आपराधिक उपद्रव कसुर गरेको भन्दै जाहेरी दिएको थियो ।

 

बिहीबार १२ भदौ २०८२ ०७:५७ PM मा प्रकाशित

प्रतिक्रिया