×

बढ्यो सुनको मुल्य

images

काठमाडौँ — स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला एक लाख ४४ हजार सात सय रुपैयाँमा कारोबार भएकोमा आजका लागि एक लाख ४५ हजार सात सय रुपैयाँ निर्धारण भएको छ ।

शुक्रबार प्रतितोला एक लाख ४४ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको तेजाबी सुन आजका लागि एक लाख ४५ हजार रुपैयाँ निर्धारण भएको हो । यसैगरी चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक हजार सात सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि एक हजार सात सय ४० रुपैयाँ निर्धारण भएको छ ।

आइतबार​ १३ साउन २०८१ १२:१३ PM मा प्रकाशित

प्रतिक्रिया