×

भारतको उत्तर प्रदेशस्थित शिव मन्दिरमा भागदौड, दुई जनाको मृत्यु

images

काठमाडौँ । भारतको उत्तर प्रदेशको बाराबंकीको शिव मन्दिरमा विद्युतीय करेन्ट लागेर भागदौड मच्चिएको छ । यस घटनामा दुई जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् ।

मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् र घाइतेहरूको उपचार गर्न जिल्ला प्रशासनलाई निर्देशन दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

अहिलेसम्म १९ जना घाइते भएका छन्, जसमा दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । साउनको सोमबार भक्तजनहरू अवसनेश्वर महादेव मन्दिरमा पूजा गर्न भेला भएको बेला सो घटना भएको बताइएको छ ।

 

सोमबार १३ साउन २०८२ ११:२२ AM मा प्रकाशित

प्रतिक्रिया