×

४४ सार्वजनिक संस्थानमध्ये १९ वटा घाटामा छन्- अर्थमन्त्री डा.प्रकाशशरण महत

images

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले हाल सञ्चालित कुल ४४ सार्वजनिक संस्थानहरूमध्ये १९ वटा संस्थान घाटामा चलेको बताएका छन् । आर्थिक सर्वेक्षण २०७९/८० अनुसार नेपालमा सञ्चालनमा रहेका ४४ सार्वजनिक संस्थानमध्ये १९ संस्थान घाटामा देखिएका छन् ।

आइतबार बसेको सङ्घीय संसद्को संयुक्त बैठकमा जारी चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री  महतले त्यस्ता संस्थानहरूलाई निजीकरण वा सार्वजनिक गर्न आवश्यक रहेको  बताए ।

अर्थमन्त्री महतले सार्वजनिक संस्थाको वार्षिक कार्य प्रगति, कार्य व्यवस्था, अध्ययन विश्लेषण गरिएकोमा सञ्चालन तथा व्यवस्थापनका कारणले ४४ संस्थानहरूमध्ये २५ वटा मात्र नाफामा रहेको बताए ।

चालू आर्थिक वर्षमा सेयर लगानी वा ऋण लगानी गरी कूल ६ खर्ब १८ अर्ब रुपैयाँ सरकारी लगानी रहेकोमा जम्मा ६ अर्ब १८ करोड अथार्त लगानीको १ प्रतिशत मात्र लाभांश प्राप्त भएको उनले बताए । समीक्षा अवधिमा २०.३ प्रतिशत सार्वजनिक संस्थानहरूको लाइब्रीटि घटेको अर्थमन्त्री महतको भनाइ छ । 

सोही अवसरमा अर्थमन्त्री डा.महतले सामाजिक संस्थाहरूलाई निजी क्षेत्रमा रूपान्तरण गरेर चलाइने, निजीकरण गरिने र सार्वजनिक गरिने संस्थाहरूको कार्य प्रणालीको अध्ययन अवलोकन गरी सुधार गर्नुपर्ने देखिएको बताए ।

आइतबार​ १४ जेठ २०८० ०३:०४ PM मा प्रकाशित

प्रतिक्रिया