काठमाडौं, वैशाख १५। प्रतिनिधिसभा उपनिर्वाचनको सम्पूर्ण परिणाम आएसँगै प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने केही दलको सांसद सिट संख्या फेरबदल भएको छ ।
प्रतिनिधि सभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दलको हैसियतमा छ तर कांग्रेसले पहिले जितेको एक सिट गुमाएको छ । कांग्रेसको प्रतिनिधिसभामा अब ८८ सांसद मात्रै छन् । प्रत्यक्षतर्फ ५७ सिट जित्दै पहिलो दल बनेको कांग्रेले समानुपातिकतर्फ ३२ सिट जितेको थियो । कांग्रेसले उपनिर्वाचनमार्फत तनहुँ १ गुमाएको हो । कांग्रेसले सो क्षेत्र गुमाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीलाई एक सिट नाफा भएको छ ।
यसैगरी, एमालेको ७९ सिट छ । एमालेले समानुपातकतर्फबाट ३४ र प्रत्यक्षतर्फ ४४ सिट जितेको थियो । स्वतन्त्र रूपमा निर्वाचित किरण शाह एमाले प्रवेश गरेपछि संसदमा एमालेको सांसद संख्या ७९ सिट पुगेको हो ।
यसैगरी, माओवादी केन्द्रको ३२ सिट छ । सो दल संसदमा तेस्रो दलको हैसियतमा छ । माओवादी केन्द्रले ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फबाट १४ सिट जितेको थियो भने प्रत्यक्षतर्फ १८ सिट जितेको थियो ।
चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ १३ र प्रत्यक्षमा ७ सिट जितेको थियो । उपनिर्वाचनमा पनि सो दलले आफ्नो पुरानो जित कायम राख्दै थप १ सिट बढाएको छ । अब रास्वपाको संसद्मा २१ सिट पुगेको छ । रास्वपाले तनहुँ १ बाट उपनिर्वाचनमा सिट संख्या बढाएको हो । राजधानी दैनिकबाट
प्रतिक्रिया