काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङले दायर गरेको रिट निवेदनमाथि आज सुनुवाई हुने भएको छ। घिसिङले राम्रो काम गर्दागर्दै सरकारले अपमानजनक ढंगले हटाएको र पूरा अवधि काम गर्न पाउनुपर्ने मागदाबी गरेका छन्।
उनको रिट सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा सुनुवाइ हुने तय भएको छ।
कुलमान अदालत गएसँगै सरकारले कुलमान हटाएर उनको ठाउँमा नियुक्त गरेका हितेन्द्रदेव शाक्यपनि अदालत नै पुगेका छन्। उनको पनि रिटमाथि आजै सुनुवाई हुने भएको हो। उनको पनि रिट न्यायाधीश मुसलमानको इजलासमा परेको छ।
प्रतिक्रिया