×

म प्रधानमन्त्रीबाट छोड्दा जत्रो देश थियो, त्यो देश प्रचण्ड शेरबहादुरहरूले खुम्च्याए : अध्यक्ष ओली

images

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्रीबाट छोड्दाको बखत रहेको देश प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खुम्च्याएको आरोप लगाएका छन्।

मंगलबार पाल्पामा ग्रासरुट मिशन अभियान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफू प्रधानमन्त्रीबाट छोड्दाको बखत रहेको देश प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाले खुम्च्याएको आरोप लगाएका हुन्।

‘देशको भूगोल अलिकति सानो भयो। म प्रधानमन्त्रीबाट छोड्दा जत्रो देश थियो, त्यो देश प्रचण्ड शेरबहादुरहरूले अलिकति खुम्च्याए। आफ्नो भू-भाग नदेखेझैँ गरे। कस्तो दलाली, कस्तो चाकडी होला। सरकारमा छन् र देश मिचिएको देख्दैनन्। देशको रक्षा गर्ने कर्तब्य हो नि। तर खोइ मैले त देखिनँ भन्छन्,’ उनले भने।

ओलीले अहिले नेपालमा दुई खालका शक्ति, विचार र उद्देश्यका बीचमा लडाइँ भइरहेको उल्लेख गर्दै एकातर्फ दस दल र अर्कोतर्फ एमाले एक्लो शक्ति भएको दाबी गरे।

ओलीले नेपालमा बाहिरी शक्तिको चलखेलका कारण सरकारको स्थिरता र स्थायित्व हुन नसकेको बताए।

‘बाहिरी शक्तिको चलखेलका कारण २००७ साल यताका कुनै पनि सरकारले पूरै कार्यकाल काम गर्न पाएका छैनन्, देशमा स्थिर सरकार र स्थायित्वको लागि एमालेको बलियो शक्ति निर्माण गर्न जरूरी छ,’ उनले भने।

ओलीले दस दलीय गठबन्धनले देशको बारेमा केही बोल्न नसकेको कारण देशको सीमा मिच्ने गरेको उल्लेख गरे।

भारततर्फ लक्षित गर्दै ओलीले भने, ‘मैले प्रधानमन्त्री भएर छाड्दा देश जत्रो थियो प्रचण्ड–शेरबहादुरहरूले अलिकति खुम्चाए। अलिकति आफ्नो भू-भाग नदेखेकोझैं गरे। कस्तो दलाली? कस्तो चाकडी होला?’ 

उनले अगाडि थपे, ‘मैले यति बोलेपछि भोलि टिकट काटेर कुरा लगाउन जान्छन्। पाल्पामा गएर केपी ओलीले त नेपालको सिमाना घटायो भन्यो नि हजुर त्यसलाई त आउन दिनुभएन है।’

मङ्गलबार १४ चैत २०७९ ०८:५६ PM मा प्रकाशित

प्रतिक्रिया