×

कोटेश्वरस्थित जडीबुटी उद्योग कम्पनीमा राजावादीले लगाए आगो, राष्ट्रिय अन्तराष्ट्रिय उडान प्रभावित

images

काठमाडौं। त्रिभुवन विमानस्थलको झाडीमा आगजनी भएपछि राष्ट्रिय अन्तराष्ट्रिय उडान रोकिन पुगेका छन्।

तीनकुने कोटेश्वर क्षेत्रमा राजावादीहरूले हिंस्रक आन्दोलन गरिरहेको बेला विमानस्थल छेउमा आगलागी भएको हो।

जसका कारण राष्ट्रिय अन्तराष्ट्रिय उडान प्रभावित हुन पुगेका छन्। बेलुका ८ बजेसम्मका लागि उडान रोकिएको छ।

बिहानैदेखि अराजक बन्दै गएका राजावादी आन्दोलनकारीहरूले जडीबुटी उद्योगमा पनि आगजनी गरेका हुन् ।

राजावादी आन्दोलनकारीले गरेको आगजनीबाट उद्योग परिसरमा रहेका आधा दर्जन बढी सवारी साधन जलेका छन् । उद्योगमा लागेको आगलागी अहिलेसम्म नियन्त्रणमा आइसकेको छैन ।

शुक्रबार​ १४ चैत २०८१ ०६:०० PM मा प्रकाशित

प्रतिक्रिया