काठमाडौं । त्रिदेशीय टी-२० श्रृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई १५ रनले पराजित गरेको छ ।नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९.२ ओभरमा सबै विकेट गुमाएर १६८ रनमा अलआउट भयो ।
सोमबार भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई ४ बलअगावै पराजित गर्दै सिरिजमा विजयी सुरुवात गर्न सफल भयो। नेपालले दिएको १ सय ८४ रनको विशाल लक्ष्य पछ्याएको पीएनजीले १९ दशमलव २ ओभरमा १६ रन बनाउँदा अलआउट भयो। पीएनजीलाई कम स्कोरमा रोक्न कप्तान सन्दीप लामिछाने र करण केसीले समान ३ विकेट झारे।
सन्दीपले आफ्नो स्पेलमा २२ रन खर्चे। ४ ओभर बलिङ गरेका अविनास बोहोरोले २९ रन खर्चेर २ विकेट लिए। करण केसीले आफ्नो स्पेलमा ४४ रनखर्चेर ३ विकेट झारे। सोमपाल कामीले एक विकेट लिए। सिरिज अन्तर्गतको दोस्रो खेलमा नेपालले बिहीबार मलेसियासँग खेल्नेछ। बुधबार पीएनजी र मलेसिया खेल्नेछन्।
प्रतिक्रिया