काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा समाजवादी मोर्चाको बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको
छलफलमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव लगायतका नेताहरू सहभागी छन् । बैठकमा सरकारको एक वर्षको समीक्षाका आगामी राष्ट्रिय सभा निर्वाचन र मोर्चाको गतिविधिका विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए ।
साथै बैठकमा नेकपा नेताविरुद्ध भएको पक्राउ पुर्जी जारी लगायतका विषयमा छलफल भइरहेको बताइएको छ । समाजवादी मोर्चामा सम्बद्ध नेकपाका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डमाथि जिल्ला अदालत काठमाडौँले पक्राउ पुर्जी जारी गरेको थियो ।
प्रतिक्रिया