×

सुनचाँदीको मूल्य स्थिर

images

सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज सुन शुक्रबारकै मूल्यमा कारोबार भइरहेको छ । साताको पहिलो दिन, चाँदी प्रतितोला एक हजार २९५ रुपैयाँ कायम रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँ कायम रहेको छ । तेजाबी सुन आइतबार ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार र शुक्रबार पनि सुन यहिँ भाउमा किनबेच भएको थियो ।

चाँदीको मूल्य लगातार दोश्रो दिन स्थिर रहेको छ । गत साताको अन्तिम कारोबार दिन, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार २९५ तोकिएको थियो ।

आइतबार​ ११ मंसिर २०७९ १२:२९ PM मा प्रकाशित

प्रतिक्रिया