×

ट्रम्प सरकारमा पहिलो ‘गे’ (समलिंगी) स्कट बेसेन्ट अर्थमन्त्री

images

काठमाडौं ।  अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले हालै अमेरिकाको अर्थमन्त्रीमा स्कट बेसेन्टलाई नियुक्त गरेका छन् । स्कटले राष्ट्रपति निर्वाचनमा ट्रम्पको आर्थिक सल्लाहकारको रुपमा काम गरेका थिए ।

साथै अर्बपतिसमेत रहेका स्कटले ट्रम्पको निर्वाचन अभियानका लागि अर्बौं डलर संकलन समेत गरेका थिए । मंगलबार अर्थमन्त्रीको रुपमा नियुक्त गर्दै ट्रम्पले स्कट विश्वभर एक सम्मानित व्यक्ति हुनुका साथै अन्तर्राष्ट्रिय लगानीकर्ता रहेको भन्दै प्रशंसा गरेका छन् ।

साथै ट्रम्पले भन्दैआएको ‘अमेरिका फस्ट’ अभियानको पक्षमा स्कटले सक्रिय रुपमा लामो समयदेखि वकालत गर्दैआएका छन् । स्कटलाई अर्थमन्त्रीमा नियुक्त गर्दै ट्रम्पले उनले सबै अमेरिकी नागरिकलाई बलियो बनाउने आफ्नो अभियानमा सहयोग गर्ने बताएका छन् ।

बुधबार १२ मंसिर २०८१ ०१:३८ PM मा प्रकाशित

प्रतिक्रिया