लामिछानेको अबिलम्ब राजनीतिक प्रतिशोध त्यागी रिहाइ गर

    images

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठकले पार्टी सभापति रवि लामिछानेको रिहाइको माग गरेको छ।

    शनिबार बसेको केन्द्रीय समितिको बैठकले लामिछानेलाई राजनीतिक प्रतिशोधका लागि हिरासतमा राखेको र अनुसन्धानको नाममा थुन्ने र मानसिक दबाब दिने षडयन्त्र देखिएकाले सरकारसँग अबिलम्ब राजनीतिक प्रतिशोध त्यागी रिहाइको माग गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका हुन् ।

    रास्वपाको बैठकका निर्णयहरु:

    १. पार्टी सभापति एवं संसदीय दलको नेता रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका लागि हिरासतमा राखेको र अनुसन्धानको नाममा थुन्ने र मानसिक दबाब दिने षडयन्त्र देखिएकाले सरकारसँग अबिलम्ब राजनीतिक प्रतिशोध त्यागी रिहाइको माग गर्दछ।

    २. राजनीतिक प्रतिशोध, भ्रष्टाचार र बेथिति विरुद्ध एवं सहकारी पीडितको ८८ अर्ब फिर्तासहितको न्यायका लागि निरन्तर आन्दोलन जारी राख्ने।

    ३. आन्दोलन सञ्चालन गर्न पार्टी उपसभापति डोल प्रसाद अर्यालको संयोजकत्वमा ७ प्रदेश सभापतिसहितको आन्दोलन सञ्चालन मूल समिति गठन गर्ने। राजनीतिक नागरिक संवादका लागि पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा समिति गठन गर्ने। सातै प्रदेशमा आन्दोलन सञ्चालन प्रदेश समिति गठन गर्ने। आवश्यक उपसमितिहरु गठन गर्ने अख्तियारी सम्बन्धित समिति स्वयंलाई दिने।

    ४. स्थानीय तह उपनिर्वाचन संयोजन समितिलाई ३ दिनभित्र कार्ययोजना पेश गर्न निर्देशन दिइयो।

    ५. पार्टीले विषम परिस्थितिवश स्थगित गरेको जिल्ला भेलाहरु, सांगठनिक र पार्टी गतिविधि सूचारु गर्ने।

    आइतबार​ ११ कात्तिक २०८१ ०६:४६ AM मा प्रकाशित

    प्रतिक्रिया