काठमाडौँ । नेपाल र वेस्ट इन्डिजबीचको टी-२० सिरिज आजदेखि शुरु हुदैछ ।
पहिलो खेलमा वेस्ट इन्डिजले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै यस खेलमा नेपालले पहिला ब्याटिंग गर्ने भएको छ ।
युनिटी कप टी-२० नाम दिइएको यस सिरिजको पहिलो खेल आज युएईको शारजाह क्रिकेट स्टेडियममा हुदैछ । नेपालले कुनै पनि टेस्ट क्रिकेट देशसँग अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेको यो पहिलो पटक हो । त्यसैले पनि नेपालका लागि यो सिरिज ऐतिहासिक बनेको छ । यो सिरिजको दोस्रो खेल सेप्टेम्बर २९ मा र तेस्रो खेल सेप्टेम्बर ३० मा हुने तालिका रहेको छ ।
नेपालको प्लेइङ ११: रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऎरि (उपकप्तान), कुशल मल्ल, आसिफ सेख, कुशल भुर्तेल, नन्दन यादव, ललित नारायण राजवंशी, गुलशन झा, सन्दीप जोरा, करण केसी र सोमपाल कामी ।
वेस्ट इन्डिजको प्लेइङ ११: अकिल हुसेन (कप्तान), फेबियन एलन, ज्वेल एन्ड्रयू, केसी कार्टी, जासन होल्डर, अमिर जांगो, काइल मेयर्स, ओबेड म्याककोय, जिशान मोटारा, नविन बिडाइसी र रामोन सिमन्ड्स ।
प्रतिक्रिया