काठमाडौं । देशभर दुई नेपाली र एक हिन्दी चलचित्र प्रदर्शनमा आएको छ । नेपाली ‘प्रकाश’ ‘राधा’ र साउथ रिमेक चलचित्र लाइगर प्रदर्शनमा आएका हुन ।
दिनेश राउत निर्देशित चलचित्र ‘प्रकाश’ मा जुम्लाको एक विपन्न युवकले सरकारी शिक्षक बन्न गरेको संघर्षलाई चित्रण गरिएको छ । चलचित्रमा प्रदीप खड्का, रेणु योगी र दीया मास्केको प्रमुख भूमिका रहेको छ ।
हराएका श्रीमानको खोजीमा भौतारिरहेकी श्रीमतीको कथा हो राधा । चलचित्रमा सृष्टि श्रेष्ठ, सौगात मल्ल र खगेन्द्र लामिछाने प्रमुख भूमिका देखिएका छन् भने चलचित्रलाई सुवर्ण थापा निर्देशन गरेका छन् ।
विश्व बक्सिङ लिजेन्ड माइक टायसनको जीवनसँग प्रभावित भएर निर्माण गरिएको साउथ रिमेक चलचित्र हो ‘लाइगर’ । चलचित्रलाई पुरी जगन्नाथले निर्देशन गरेका छन् भने चलचित्रमा विजय देवरकोण्डा, अन्नया पाण्डे, रोनित रोय, रमैया कृष्णा, चंकी पाण्डे लगाएतको अभिनय रहेको छ ।
प्रतिक्रिया