काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले कार्यबाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई दिएकी छन् ।
शुक्रबार बहुमत केन्द्रीय सदस्यहरूको बैठकले २४ घन्टाभित्र बैठक बोलाउन अल्टिमेटम दिएको प्रसंगमा श्रेष्ठमाथि दबाब बढेको बेला उनले आफ्नो स्वास्थ्यको कारण देखाउदै पार्टीका वरिष्ठ नेता शिव बास्तोलालाई कार्यबाहकको जिम्मेवारी दिएकी हुन् ।
उनले अस्वस्थताका कारण पार्टी को अन्तरिम बिधान २०७८ को धारा २० को उपधारा ९ बमोजिम जिम्मेवारी प्रदान गरिएको जानकारी गराएकी छन् ।
प्रतिक्रिया