×

युवा संघको अध्यक्ष पदमा पुनः निर्वाचित भए क्षितिज थेबे

images

काठमाडौं। नेकपा एमाले निकट राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन्। पोखरा सभागृहमा मंगलबार सम्पन्न मतगणनाबाट प्रतिद्वन्द्वी सुमन पुरीलाई हराउँदै थेबे दोस्रोपटक अध्यक्षमा निर्वाचित भएका हुन्।

थेबेले १ सय ८८ मत बढी ल्याउँदै विजयी भएका हुन्। उनले ७ सय ९६ मत ल्याउँदा पुरीले ६ सय ८ मत ल्याएका छन्। मतदानमा १ हजार ७६४ प्रतिनिधिमध्ये १ हजार ४ सय ४ जना मतदानमा सहभागी भएका थिए।

यस्तै महासचिवमा महासचिवमा महेश चौलागाईं विजयी भएका छन्।

मङ्गलबार १४ जेठ २०८२ ०८:५२ PM मा प्रकाशित

प्रतिक्रिया