×

जेष्ठ १५ र गणतन्त्र उत्सव

images

भक्तपुर ,जेष्ठ १३ - प्रधानमन्त्री केपी शर्मा ओलिले जेष्ठ १५ गते काठमाडौं कब्जा गर्न पार्टी कार्यकर्तालाई आह्वान गरे संगै गणतन्त्र दिवसको चर्चा बढेर गएको छ।राप्रपा लगायत राजसंस्था र हिन्दुराष्ट्र पक्षधर हरुले जेष्ठ १५ गते देखि आन्दोलनको घोषणा गरेको भन्दा पनि प्रधानमन्त्री को अभिव्यक्ति ले बढि चर्चा पाइरहेको छ।राष्ट्रिय मानवअधिकार आयोगद्वारा प्रधानमन्त्री को  उत्तेजित भाषण प्रति विमति जनाउदै खबरदारी गरेकोले अन्तर्राष्ट्रिय चासो पनि बन्न गएको परिपेक्षमा एमाले भक्तपुर जिल्ला कमिटी ले सांस्कृतिक झाकी सहित भृकुटीमण्डपमा उपस्थित हुने कार्यक्रम सर्वसम्मतिले पारित गरि जेष्ठ १५ गणतन्त्र दिवसलाइ उत्सवमय बनाउने निर्णय गरेको छ।


गणतन्त्रका पाँच मुलभुत आदर्श र पहिचानलाइ बौद्धिक र तार्किक हिसाबले प्रमुख अतिथिका आशनबाट केन्द्रीय उपाध्यक्ष कमरेड गुरु बरालले मन्तव्य दिदै कार्यकर्ताहरू लाई उत्साहित बनाउनु भएको थियोे ।लोकतन्त्र जीवन पद्धति हो,चिन्तन हो,सामाजिक मान्यता हो,संस्कृति हो,सभ्यता हो भन्नुहुदै गणतन्त्रको माध्यम बाट उक्त पाँच आदर्श को रक्षा र अभ्यासमा अघि बढिरहेकाले गणतन्त्रको रक्षा  पार्टीको जिम्मेवारी हो भन्नू भयो ।आदिम कबिला युग,गणहरु हुदै गणराज्य सम्मको इतिहास लाई हृदङ्गम गर्दै गणतन्त्र पार्टीको ताज भएको पुष्टि गर्नु भयो ।

गणतन्त्रको स्वरुप बाट लोकतान्त्रिक अभ्यास भइरहनु अन्तर्राष्ट्रिय मान्यताका साथै राष्ट्रिय राजनीति का सबै दलहरुको पनि सहमति भएको तथ्य प्रष्ट पार्नु भयो ।पार्टिले भबिष्यमा सबै दल,समुदाय ,धार्मिक सामाजिक संघ संस्थाहरु संग सहकार्य गर्दै लोकतान्त्रिक अभ्यास मार्फत समृद्धि को अबस्थामा पुर्याउन कार्यक्रम ल्याउने जानकारी समेत गराउनु भयो ।धार्मिक सांस्कृतिक रुपले सनातन धर्म,इस्लाम ,बौद्ध ,क्रिश्चियन ,बोन,किरात ,प्रकृति पुजकहरु पनि गणतन्त्रकै पक्षधर रहेको कुरा कुराकानीमा थप्नु हुदै सबैलाई समेट्ने प्रकारले कार्यक्रम ल्याउने कुराले स्वराज्य मेलमिलाप अभियान संग पनि सहकार्य बढ्ने प्रष्ट भयो । स्वराज्य मेलमिलाप अभियानको तर्फबाट सञ्चालनमा ल्याएको निम्न कार्यक्रम हरुले लोकतान्त्रिक समाज निर्माण गर्दै द्वन्द्वका आधार हरु समाप्त गरि शान्ति र समृद्धि मा पुर्याउन सहयोग गर्नेछ  ।
१. संस्कृति ,स्वराज्य र समाजवाद ।
2. स्थानीय सरकार : संबैधानिक व्यवस्था र लोकतान्त्रिक अबधारणा।
3. न्यायिक समिति र स्थानीय सरकार : मेलमिलापको मार्गचित्र ।
4. जातीय छुवाछूत उन्मुलनमा धार्मिक क्षेत्र को भूमिका ।
5. लोकतन्त्रको सम्बर्द्धन मा वित्त आयोग।
6. सम्पदा र शान्ति ।
7. ऋषि पर्यटन र रामायण ।

 स्थानीय सरकारले गरेका बिकास निर्माण ,सामाजिक न्याय तथा मेलमिलापका बिषयमा जनतालाई सुसूचित गराउन पहल नगर्दा बिग्रेको मात्रै देखाउने हरु सफल हुदै नयाँ द्वन्द्व गराउन खोजेका हुन।कार्यक्रममा केन्द्रीय सदस्य सोम मिश्र ले संघीय बजेट अधिबेशन जेष्ठ १५ मा नगरी त्यस दिन सबैले गणतन्त्र दिवस भब्य संग मनाउदा उचित हुने सल्लाह दिनु भयो ।केन्द्रीय सदस्य निर्मल कुमार भट्टराई ,पुर्व उपमेयर बिणा बास्तोला ,संस्कृतीविद केशवप्रसाद चौलागाईं समेतको उपस्थिति रहेको थियोे ।सभाको सभापति का आशानबाट पार्टीका जिल्ला अध्यक्ष वचन देउजाले कार्यक्रम को उद्देश्य माथि प्रकाश पार्नुका साथै जेष्ठ १५ गते सांस्कृतिक झाकीसहित भृकुटीमण्डपमा उपस्थित हुन अनुरोध सहित कार्यक्रम बिसर्जन गर्नु भएको थियोे ।कार्यक्रम सञ्चालन जिल्ला सचिव बिष्णु तामाङ ले गर्नु भएको थियोे ।
 

मङ्गलबार १४ जेठ २०८२ ०२:४१ PM मा प्रकाशित

प्रतिक्रिया