×

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: सांसद राईलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

images

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य माया राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीक ईश्वरीप्रसाद भण्डारीको इजलासले सांसद राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

सहकारी ठगी प्रकरणमा जोडिएसँग लामो समयदेखि फरार रहेकी सांसद राई हिजो (शनिबार) काठमाडौंको कपनबाट पक्राउ परेकी थिईन् ।

उनी स्वर्णलक्ष्मी सहकारीको रकम ठगी मुद्दामा फरार सूचीमा रहेकी थिइन् । सहकारी ठगी मुद्दामै फरार रहेका गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्र बाबु राई (जिबी) सँग सांसद् राईको संलग्नता खुलेको बताइएको छ । 

आइतबार​ १४ बैशाख २०८२ ०३:३२ PM मा प्रकाशित

प्रतिक्रिया